logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • कांग्रेसका राष्ट्रिय सभा सदस्यबीच परिचयात्मक कार्यक्रम

    838Shares
    कांग्रेसका राष्ट्रिय सभा सदस्यबीच परिचयात्मक कार्यक्रम

    काठमाडौँ, फागुन २७ गते । नेपाली कांग्रेसका राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यबिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भएको छ।

    कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यबीच परिचय, छलफल र अन्तरक्रिया सुरु भएको हो। गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसबाट कोशी प्रदेशमा सुनिलबहादुर थापा, मधेस प्रदेशमा धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशमा गीता देवकोटा, गण्डकी प्रदेशमा जगत तिमिल्सिना, लुम्बिनी प्रदेशमा वासुदेव जङ्गली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशमा ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशमा खम्मबहादुर खाती निर्वाचित हुनुभएको थियो। राष्ट्रिय सभामा अब २५ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट