logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • करोडौ रुपैया बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

    994Shares
    करोडौ रुपैया बढीको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

     काठमाडौं । कैलालीमा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका बाट एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित बरामद भएको छ ।
    कैलालीको भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका १ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका ११ का ३२ वर्षीय महेश सुनार रहेका छन् ।भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, सहित मोवाइल पनि नियन्त्रणमा लिएको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट