logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • माओवादी स्थायी समिति बैठक बस्दै, जनार्दन शर्माप्रति सबैको चासो

    1.4KShares
    माओवादी स्थायी समिति बैठक बस्दै, जनार्दन शर्माप्रति सबैको चासो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आआफ्नो धारणा राख्नेछ ।

    शुक्रबारको बैठकमा दाहालले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष प्रचण्डले राखेका एजेण्डामाथि धारणा राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

    माओवादीमा पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएको हो । पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमै अभिव्यक्त गरेको भन्दै उपमहासचिव शर्माको कडा आलोचना गरेका छन् ।

    शर्माले केही समयदेखि नेतृत्वको सवालमा पोखेका असन्तुष्टिप्रति लक्षित गर्दै प्रचण्डले आगामी दिनमा आन्तरिक विवाद बाहिर नलैजान निर्देशन समेत दिएका छन् । विशेष महाधिवेशन गरी पार्टीको पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र कमजोर भएको विषय सार्वजनिक रूपमै उठाएका उपमहासचिव शर्मा स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत होलान् भन्नेमा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट