logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

    931Shares
    रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

    काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन लगिएको छ ।

    काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याएको थियो। लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो।

    उनलाई मंगलबार बिहान बुद्ध एयरको जहाजमार्फत् चितवन लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

    सभापति लामिछानेलाई गत मंसिर १३ गते काठमाडौं ल्याइएको थियो। कालिमाटीमा कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी समेतको बचत अपचलनको अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याएर बयान लिइएको थियो।

    उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट