logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • ‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

    ‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

    273
    SHARES
    ‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

    काठमाडौं ४ आश्विन । चलचित्र विकास बोर्डले फिल्म ‘बलिदान’का ५ जना ,७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार–२०८१’ प्रदान गरेको छ ।
    शुक्रबार संविधान जारी भएको नौं वर्ष पूरा भएको अवसरमा बोर्डले कार्यक्रमको आयोजना गरी मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएबापत फिल्म ‘बलिदान’का ५ जना सर्जक, ७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई पुरस्कार प्रदान गरेको हो ।



    यसै चलचित्रमार्फत सांस्कृतिक रुपान्तरणमा योगदान पुर्‍याएका पाँच कलाकारलाई पुरस्कार प्रदान गरिएको छ । बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, संगीतकार श्याम तमोट, गायिका लोचन भट्टराई पुरस्कृत भएका हुन् । कार्यक्रममा अन्य चलचित्रमार्फत समाज रुपान्तरणका लागि योगदान पुर्‍याएका कलाकार रमेशरञ्जन झा, कविता आले, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, माओत्से गुरुङ, विकास चौधरी, प्रेमा अधिकारी गैरेलाई पुरस्कृत गरिएको छ ।

    कलाकार हरिवंश आचार्यले चलचित्र फेरिए जस्तै सरकारको सत्ता फेरबदल नगरेर विकास निर्माणमा केन्द्रीत भइदिन आग्रह गरे । कार्यक्रममा सञ्चारमन्त्री गुरुङ र सचिव अर्यालले पुरस्कृत सम्पूर्णलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित सम्मान गरेका थिए ।


    फास्ट न्युज
  • शुक्रबार, ४ असोज २०८१
  • सम्बन्धित समाचार