logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • दयाहाङ र आँचलले सुरू गरे ‘दुखी आत्मा’ को छायांकन

    712Shares
    दयाहाङ र आँचलले सुरू गरे ‘दुखी आत्मा’ को छायांकन

    काठमाडौं । निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’को शीर्ष नायिका को होला भन्ने कौतुहलता मेटिएको छ । निर्माता कम्पनी क्लक वर्क क्रियसनले अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको छ ।

    सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन्।  फिल्ममा दयाहाङ राई र आँचल शर्मा शीर्ष भूमिकामा छन्। उनीहरूको यो ‘डिग्री माइला’ पछिको सहकार्य हो।

    यो चलचित्रको शिर्ष भूमिकामा दयाहाङ राई, अनुपविक्रम शाही, आँचल शर्मा रहेका छन् । यस अघि चलचित्र कार्साङको छायाँकन रहेका दयाहाङ सो चलचित्रको छायाँकन सकेर करिब एक महिनाको तयारपछि दुःखी आत्माको छायाँकनमा उत्रिएका हुन् ।

    चैतमा छायांकन गरिने ‘दुःखी आत्मा’को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार र प्राविधिक चयन केही समयमा गरिने निर्माता कडरियाले बताए । काठमाडौंको सेरोफेरोमा खिचिने सोसल-कमेडी जनराको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २७, बिहीबार ०८:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार