काठमाडौं । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल एसबीआई बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
रावा इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ४.९०, गुडविल फाइनान्सको ४.५१ तथा सुपर माइ हाइड्रोपावरको ४.२१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा, आईसीएफसी फाइनान्स, पिपुल्स हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया