logo

२०८२ जेष्ठ ३ शुक्रबार

logo
  • शुक्रबार, ३ जेष्ठ २०८२
  • शेयर बजार २८ महिनायताकै उच्च बिन्दुमा पुग्याे

    शेयर बजार २८ महिनायताकै उच्च बिन्दुमा पुग्याे

    1.1K
    SHARES
    शेयर बजार २८ महिनायताकै उच्च बिन्दुमा पुग्याे

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ ।लगातार बढीरहेको नेप्से परिसूचक बिहीबार ५९.६८ अंकले बढेर २४२४ को बिन्दुमा अडिएको हो । जुन करिब २८ महिना यताकै उच्च हो । यसअघि २०७८ चैत १६ गते मात्रै अन्तिम पटक २४६४ को बिन्दुमा परिसूचक पुगेको थियो ।



    आज बजारमा ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको करोबार भएको छ । यसअघि २०७८ भदौ ८ गते १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो दिन बुधबार मात्रै ५४ अंकले बढेको बजारमा १२ अर्ब ४३ लाख रुपैयाँको कारोबार भएको थियो । जुन करिब ३ वर्ष यताकै उच्च करोबार थियो ।

    बिहीबार बजारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ ।आज नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स लिमिटेड, अंखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्रिस्टार हाइड्रोपावर सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेका छन् ।

    कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड ४२ करोड ४६ लाख रुपैयाँको करोबारका साथ शीर्ष स्थानमा रहको छ । साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो ।

    त्यस्तै, साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो । मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो भने बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो ।


    फास्ट न्युज
  • बिहिबार, ३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट