logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • २४ अंकले बढ्यो नेप्से परिसूचक

    1KShares
    २४ अंकले बढ्यो नेप्से परिसूचक

     काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।

    अघिल्लो कारोबार दिनसम्म नेप्से लगातार घटेको थियो । बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१०, आइतबार १०.४१ र सोमबार १०.६६ अंकले घटेको थियो ।
    आज उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन दोल्ती पावर कम्पनीको शेयर भने झन्डै साढे ८ प्रतिशतले घटेको छ ।

    दोल्ती पावरको ८.४३, सप्तकोशी विकास बैंकको ४.६३ तथा भूगोल इनर्जीको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

    आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ९ अर्बको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ९ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ माघ १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट