logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

    1.1KShares
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

    काठमाडौँ |  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा  वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका हुन्। 

    प्रधानमन्त्री निवास बालुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट रु. १ करोड, अरुण तेस्रो जलविद्युत आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट रु. १ करोड, प्रभु बैँकका अध्यक्ष देवीप्रसाद भट्टचनबाट रु. १ करोड र प्राइम कमर्सियल बैँकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट रु ३१ लाखको चेक हस्तान्तरण भएको छ ।

    सो रकम हस्तान्तरण कार्यक्रममा प्रभु इन्स्योरेन्सका सिईओ संचित बज्राचार्य, प्रभु बैंकका सिईओ अशोक शेरचन, प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचन, प्रभु इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्र मल्ल तथा सिईओ सन्तोष प्रसाई लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिपदको बेलामा सहयोग गर्ने भावनाको उच्च कदर गर्दै आभार व्यक्त गरेको प्रभु ग्रुपले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट