logo

२०८३ असार ११ बिहीबार

logo
  • २०८३ असार ११ बिहीबार
  • प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको दुई करोड

    976Shares
    प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको दुई करोड

    काठमाडौँ । बाढीपहिरो पीडितहरुको पुनर्स्थापना तथा राहतका लागि नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई २ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

    नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरेका हुन् ।

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानूनअनुसार काम गर्न पनि आग्रह गरेका छन् ।

    यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो। मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी रहेको छ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट