logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • नेप्सेमा सामान्य सुधार, ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा बन्द

    733Shares
    नेप्सेमा सामान्य सुधार, ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा बन्द

    काठमाडौँ ।   नेप्से परिसूचकमा मंगलबार सामान्य वृद्धि देखिएको छ। बजार ८.७८ अंकले बढ्दै २७१२.८६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।आज कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार १२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँ बराबरको कारोबार भएको छ।

    सेक्टरगत रूपमा विकास बैंक, फाइनान्स, होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा र ट्रेडिङ समूहबाहेक अन्य सबै समूहका शेयर मूल्यमा वृद्धि देखिएको छ।व्यक्तिगत कम्पनीतर्फ अपर लोहोरे खोला हाइड्रो को शेयर मूल्य सबैभन्दा बढी ११.१६ प्रतिशतले बढेको छ भने सोलु हाइड्रो ७.५६ प्रतिशतले बढेको छ।
    त्यस्तै, आजको कारोबारमा सबैभन्दा धेरै गिरावट फरवार्ड माइक्रोफाइनान्स को शेयरमा देखिएको छ, जसको मूल्य ९.३१ प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा सोलु हाइड्रो अगाडि रहँदै २३ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स ले १२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट