काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५४.६२ अंक (२.०४ प्रतिशत) घटेको हो ।आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से गत दुई महिनाकै न्यून विन्दुमा पुगेको छ। नेप्से माघ ८ गते यताकै न्यून विन्दुमा आइपुगेको हो।
यस दिन १३ कम्पनीको सेयर मूल्य बढेको छ । २३० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.३४ प्रतिशतले घटेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ ।
६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको बिहीबारको तुलनामा कारोबार रकम बढेको छ । बिहीबार चार अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया