काठमाडौं । बुधबार पनि सेयर बजारमा गिरावट जारी रह्यो । अघिल्लो दिन ७.६ घटेको बजार आज १४.८ अंक घट्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ ।मंगलवार ७.६६ अंकले घट्दा २६९७.४ बिन्दुमा पुगेको थियो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंकले घटेको छ । बुधबार कारोबारमा आएका नेप्सेका अनुसार ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा बुधवार ५ अर्ब १४ करोड ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत घटेको छ ।
यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ । त्यस्तै, गरिमा समृद्धि योजनाको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.२० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २९ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २३ करोडको शेयर किनबेच भएको छ
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया