काठमाडौं| नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एक दशमलव ८३ अंकले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । बुधबार दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ को कारोबार भएको छ ।
विकास बैंक, होटेल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सीमान्त रूपमा मात्रै सकारात्मक बनेको हो । बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।आज बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अस्ति सोमवार साढे ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज २ सय ९९ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ५ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया