logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • शेयर बजार दाेहाेराे अङ्कले घट्याे, काराेबार रकममा पनि कमी

    1.1KShares
    शेयर बजार दाेहाेराे अङ्कले घट्याे, काराेबार रकममा पनि कमी

    काठमाण्डाै |  हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशलमव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ विन्दुमा झरेको छ । अघिल्लो हप्ताको अन्तिम कारोवार दिन अर्थात् गएको बिहीवार पनि नेप्से ३१ अङ्कभन्दा धेरैले घटेको थियो ।आइतबार कुल ३ सय १९ धितोपत्रको ५७ हजार ८ सय ६३ वटा कारोबार भएको छ । यस दिन ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँ बराबर कारोबार भएको छ ।

    आज सप्तकोशी विकास बैंक र मायाखोला जलविद्युत् आयोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट लघुवित्त, बाराही जलविद्युत्, न्यादी जलविद्युत्, सुपरमादी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    आज कारोबार रकम पनि घटेको छ । बिहीवार चार अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका ९१ लाख ८० हजार कित्ता शेयर चार अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट