logo

२०८३ बैशाख २ बुधबार

logo
  • २०८३ बैशाख २ बुधबार
  • नेप्से परिसूचकमा गिरावट, ५.६० अंकले घट्यो

    967Shares
    नेप्से परिसूचकमा गिरावट, ५.६० अंकले घट्यो

    काठमाडौं| नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । बुधबार पुँजीबजार परिसूचक पाँच दशमलव ६० अंकले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

    १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी कम्पनीहरूको सेयर मूल्य प्रतिकित्ता तीन हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

    कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट