logo

२०८३ भाद्र २१ आईतवार

logo
  • २०८३ भाद्र २१ आईतवार
  • सेयर बजारको अंकसँगै घट्यो कारोबार

    1.1KShares
    सेयर बजारको अंकसँगै घट्यो कारोबार

    काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ ।   अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५२ हजार ७०५ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ ।

    त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ ।कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ९.९० प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ ।

    सो कम्पनीको यस दिन १८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सानिमा माइ हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको कारोबार रकम १७ करोड नाघेको छ ।१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।

    त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३.५, सपोर्ट माइक्रोफाइनान्सको २.८ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी र एसबीआई बैंक क्रमशः अगाडि रहे ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट