logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • दुई किलो सुनजस्तो देखिने पहेंलो धातुसहित लामा पक्राउ

    889Shares
    दुई किलो सुनजस्तो देखिने पहेंलो धातुसहित लामा पक्राउ

    काठमाडौं । प्रहरीले रसुवामा अन्दाजी दुई किलो सुन जस्तो देखिने पहेलो धातु बरामद गरेको छ । एक जनालाई पक्राउ समेत गरेको छ ।

    जिल्ला प्रहरी  कार्यालय रसुवाको सक्रियतामा कालिका गाउँपालिका १ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त धातु फेला परेको हो ।

    धातुसहित गोसाईकुण्ड गाउँपालिका ३ ब्रीद्धीम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा पनि पक्राउ परेका छन् ।

    उनले लुकाई छिपाई ल्याइएको उक्त धातु, मोटरसाइकल र मानिससहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि रसुवा भंसार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट