logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • एनसेलले तोकिएको शुल्कसहित नवीकरण गरेन, प्राधिकरणले मन्त्रालयलाई लेख्यो पत्र

    एनसेलले तोकिएको शुल्कसहित नवीकरण गरेन, प्राधिकरणले मन्त्रालयलाई लेख्यो पत्र

    286
    SHARES
    एनसेलले तोकिएको शुल्कसहित नवीकरण गरेन, प्राधिकरणले मन्त्रालयलाई लेख्यो पत्र

    काठमाडौं । दूरसञ्चार व्यवसाय कम्पनी एनसेलको सेवा सञ्चालन अनुमतिपत्रको अवधि सकिन अब ६ दिन मात्रै बाँकी रहँदा नियामक नेपाल दूरसञ्‍चार प्राधिकरणले विषयगत मन्त्रालय र कम्पनीलाई पत्र पठाएको छ ।



    अनुमतिपत्रको अन्तिम अवधिसम्म पनि एनसेलले तोकिएको शुल्कसहित नवीकरण नगरेपछि प्राधिकरणले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयलाई जानकारीका लागि पत्र पठाएको हो । साथै, प्राधिकरणले समयमा नै शुल्क भुक्तान गरी अनुमतिपत्र नवीकरण गर्न एनसेल आजियाटा लिमिटेडलाई पनि पत्र काटेको छ ।

    प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार प्राधिकरणमा एनसेललले आंशिक शुल्क बुझाएर नवीकरणको लागि किस्ता सुविधा माग गरेको छ । तर, एनसेलको अनुमतिपत्र अवधि सकिन थोरै दिनमात्रै बाँकी रहेको र उसले नवीकरण प्रक्रिया अगाडि नबढाएकोले प्राधिकरणले सो विषयमा जानकारीका लागि मन्त्रालयलाई पत्र पठाइएको हो ।

    ‘एनसेलले नवीकरणका लागि किस्ता सुविधाको माग गरेको छ, सो विषय प्राधिकरणको अधिकार नभएको हुनाले दिन सकिँदैन । तर, यसअघि दुई पटकसम्म नेपाल सरकारले सो सुविधा दिइसकेको छ’, पौडेलले भने, ‘हामीले नवीकरण शुल्क तिर्न धेरैपटक भन्यौं, तर सो कम्पनीले किस्ता सुविधा नै मागिरह्यो । किस्ता सुविधा दिने अधिकारी हामी ९प्राधिकरण० सँग नभएको र समय पनि नभएकाले जानकारीका लागि मन्त्रालयमा पत्र पठाएका हौं ।’

    विशेषगरी शेयर खरिद–बिक्री र फ्रिक्वेन्सी लगायतका विषयमा लामो समयदेखि विवादित बन्दै आएको एनसेलको विषयमा पछिल्लो समय सरकारको तर्फबाट अनुसन्धान समिति बनाएर गरिएको छानबिनले ८५ अर्ब रुपैयाँ दायित्व जोडिएका विभिन्न मुद्दाहरू अदालतमा विचाराधीन अवस्थामा रहेका छन् ।


    फास्ट न्युज
  • आइतबार, ९ भाद्र २०८१
  • सम्बन्धित समाचार