logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

    799Shares
    संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

    काठमाडौँ। संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको विहीबार बसेको बैठकमा सभापति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो ।

    बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गर्नुभएको हो ।

    ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहनुभएका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गर्नुभयो । आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्दै हुनुहन्छ



    फास्ट न्युज    
  • २०८१ श्रावण ३१, बिहीबार १०:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार