logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह

    आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह

    559
    SHARES
    आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह

    काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार आफ्नो कथावाचनका क्रममा उनले आफूले बोलेको एउटा शब्दलाई लिएर भइरहेको टिकाटिप्पणीप्रति खिन्नता व्यक्त गरिन् ।



    आफ्नो कथावाचनको पहिलो दिन ‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि उनको ट्रोल भइरहेको छ । उनले दोस्रो दिनमा नै गल्ति स्वीकार गरिसकेकी थिइन् । तर, पनि आलोचना नरोकिएपछि शुक्रबार यस विषयमा उनले लामै प्रष्टीकरण दिइन् । उनले आफूबाट भएको गल्ति सच्याइदिन तर मनोबल नघटाइदिन आग्रह गरिन् । आफ्नो अध्ययनको भाषिक पृष्ठभूमिका कारण बोल्दा त्रुटि हुन गएको उनले संकेत गरेकी थिइन् ।


    फास्ट न्युज
  • शुक्रबार, १८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट