logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • राष्ट्रपति पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरे

    841Shares
    राष्ट्रपति पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरे

    काठमाडौं । काठमाडौंं– राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशहरूमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेका छन् । उनले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा प्रमुख नियुक्त गरेका छन् ।

    राष्ट्रपति कार्यालयका अनुसार बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गरिएको छ । कैलालीको धनगढीका देवकोटा नेकपा एमालेको कोटामा प्रदेश प्रमुख नियुक्त भएका हुन् । उनी एमालेको केन्द्रीय अनुशासन आयोग सदस्य हुन् ।

    रोल्पाका घर्तीमगर र बझाङका जोशी नेपाली कांग्रेसकातर्फबाट प्रदेश प्रमुख बनेका हुन् । घर्तीमगर कांग्रेस रोल्पाका पूर्वसभापति र जोशी कांग्रेस केन्द्रीय सदस्य हुन् ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार