logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने

    823Shares
    आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नदीहरुको हालको अवस्थाबारे जानकारी गराएको छ । महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार बिहानको मापनमा कोशी, कर्णाली, नारायणी, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ ।

    महाशाखाले तीन दिनसम्मको अनुमान गर्दै आज दिउँसो, भोलि र पर्सी नदीहरुमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने भएकाले तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।आज विशेषगरी रामेछाप, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटीलगायत आसपासका जिल्ला भइ बहने ससाना नदीमा बहाव बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार