काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् ।
एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् ।
पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ । स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् ।
राष्ट्रिय देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् ।त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् । उद्योगमन्त्रा दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिएका छन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd