logo

२०८३ बैशाख २७ आईतवार

logo
  • २०८३ बैशाख २७ आईतवार
  • अमेरिका लैजाने भन्दै २५ जना नेपालीलाई बन्धक बनाउने मुुख्य आरोपी पक्राउ

    1.2KShares
    अमेरिका लैजाने भन्दै २५ जना नेपालीलाई बन्धक बनाउने मुुख्य आरोपी पक्राउ

    काठमाडौं। नेपालीहरूलाई अमेरिका पठाउने भन्दै केन्या पुर्‍याई बन्धक बनाउने गिरोहका मुख्य आरोपीसहित थप तीन जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य आरोपी ओखलढुङ्गाका जगतबहादुर तामाङसहित तनहुँका विष्णुबहादुर बराली र तनहुँकै जङ्गबहादुर विकलाई पक्राउ गरेर सोमवार सार्वजनिक गरेको हो । गिरोहका तीन जना गएको २७ गते नै पक्राउ परिसकेका छन् ।

    उनीहरूले २५ जना नेपालीलाई अमेरिका पठाउने भनेर केन्या पुर्‍याएको अनुसन्धानबाट खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । १० जना नेपाली केही दिनअघि नेपाल आइसकेका छन् ।उनीहरूकै उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । अरू १५ जना भने केन्यामै बन्धक रहेका प्रहरीले बताएको छ ।

    उनीहरूले १५ जनाबाट सात करोड रुपैयाँभन्दा धेरै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस्तै वैदेशिक रोजगारीका लागि टर्की पठाउने भन्दै एक सय २४ जनाबाट चार करोड ३४ लाख रुपैयाँ उठाएर फरार रहेका पोखराका विनोद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाट पक्राउ परेका श्रेष्ठलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।



    फास्ट न्युज    
  • २०८१ बैशाख ३१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट