logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    663
    SHARES
    कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।



    निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज न्यायाधीश हरिप्रसाद फुयालले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले यस विषयमा आउँदो जेठ ९ गते बुधवार सुनुवाइको मिति तोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न दिन अन्तरिम आदेश माग गर्दै हिजो रिट दायर गर्नुभएको थियो । नेकपा एमालेका कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की बिहीबार प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।


    फास्ट न्युज
  • शुक्रबार, २८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट