logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • चुनावी सभामा सम्बोधन गर्दा ट्रम्पमाथि गोली प्रहार, सामान्य घाइते

    805Shares
    चुनावी सभामा सम्बोधन गर्दा ट्रम्पमाथि गोली प्रहार, सामान्य घाइते

    न्यूयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    गोली चल्दा र्‍यालीमा सहभागी एक जनाको ज्यान गएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुनै पनि हिंसात्मक घटनालाई ठाउँ नदिइने बताउनुभएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ असार ३०, आईतवार ०३:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार