logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • एक सातासम्म मेघगर्जनसहित वर्षा हुने,चट्याङबाट जोगिन विज्ञको आग्रह

    एक सातासम्म मेघगर्जनसहित वर्षा हुने,चट्याङबाट जोगिन विज्ञको आग्रह

    741
    SHARES
    एक सातासम्म मेघगर्जनसहित वर्षा हुने,चट्याङबाट जोगिन विज्ञको आग्रह

    काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।उनीहरूका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहारआसपास विकास भएको न्यूनचापीय प्रणाली सक्रिय छ।



    शनिवारपछि पश्चिमी वायुको प्रभाव अझ बढ्ने पूर्वानुमान गरिएकाले आगामी साता पनि वर्षाको सम्भावना उच्च रहेको उनीहरूको भनाइ छ। मौसमविद्हरूले यसलाई मनसुनपूर्वको अर्थात् प्री-मनसुन वर्षा भनेका छन्। दैशैभरि डढेलो लागेकाले त्यसको न्यूनीकरणमा यो वर्षाले महत्त्वपूर्ण योगदान गर्न सक्ने ठानिएको छ।

    यद्यपि कतिपय स्थानमा चट्याङका कारण मानिसहरूको ज्यान गएको खबर पनि आएका छन्। विज्ञहरू यो मौसममा उच्च गतिको हावाहुरी चल्ने र चट्याङ पर्ने भएकाले त्यस्ता गतिविधिबाट बच्ने उपायहरू अपनाउन आग्रह गर्छन्।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी यो सातामा देशैभरि पूर्ण तथा आंशिक वर्षाको सम्भावना रहेको बताउँछन्।

    पुडासैनी भन्छन्, ‘शुक्रवारसम्म अहिलेकै प्रणालीहरूका कारण वर्षाको सम्मावना छ भने शनिवारदेखि पश्चिमी वायु अझ सक्रिय हुने देखिन्छ।ूत्यसले अर्को साता पनि वर्षा हुने हामीले पूर्वानुमान गरेका छौँ। यस बेला विशेष गरी उच्च पहाडी तथा हिमाली भागहरूमा हिमपातको सम्भावना पनि छ।’

    महाशाखाले जारी गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा पनि नेपालमा यो साताभरि नै बदली रहने उल्लेख छ। त्यसमा भनिएको छ,’देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।’

    ‘देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’

    चट्याङ र हावाहुरीबाट क्षति
    प्री-मनसुनको समयमा नेपालमा चट्याङ र हावाहुरीका घटनाहरू धेरै हुने गरेको विज्ञहरू बताउँछन्। विशेष गरी नेपालमा चैतदेखि जेठसम्म चट्याङ धेरै पर्ने गरेको बताइन्छ। चट्याङका कारण बर्सेनि ठूलो जनधनको क्षति पनि हुने गरेको छ।

    तर अझै पनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम उस्तै रहेको देखिएको विज्ञहरू बताउँछन्।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणअनुसार वैशाख लागेयता चट्याङका ४१ घटनामा परेर ७ जनाको निधन भइसकेको छ भने ३१ जना घाइते भएका छन्।

    त्यस अवधिमा ५२ घरपरिवार चट्याङबाट प्रभावित भएको र एउटा घरमा पूर्ण एवं तीन वटा घरमा आंशिक क्षति भएको छ। उक्त केन्द्रका अनुसार विगत तीन वर्षमा चट्याङबाट एक सय ५३ जनाको निधन भइसकेको छ।


    फास्ट न्युज
  • बिहिबार, २७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट