काठमाडौँ । अविरल वर्षा पछिको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले जारी गरेको सूचनाअनुसार २३ स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १७ स्थानमा एकतर्फी रूपमा राजमार्ग सुचारु गरिएका छन् ।
आइतबार साझ ७ बजे सम्मको सूचना अनुसार ललितपुर, सङ्खुवासभा, रसुवा, मनाङ, म्याग्दी, नवलपरासी (पूर्व), प्युठान, गुल्मी, अर्घाखाँची, रोल्पा, हुम्ला, सुर्खेत, दैलेख र अछाम जिल्लाका विभिन्न राजमार्ग तथा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका हुन् । यीमध्ये धेरै राजमार्ग वर्षाभरि खुलाउन नसकिने प्रहरीले बताएको छ ।
शुचि:-
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd