काठमाडौं। अष्ट्रेलियामा सन् २०२२र२३ मा १२ हजार ४१ नेपालीले स्थायी बसोबास अनुमति पाएका छन्। गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार योसँगै सन् २०२२ को जून मसान्तसम्म अष्ट्रेलियामा स्थायी बसोबास अनुमति पाउने नेपालीको सङ्ख्या १ लाख ५१ हजार १४० पुगेको छ। सन् २०१२ को जून मसान्तसम्म यो सङ्ख्या केवल ३० हजार ७३० जना थियो। १० वर्षमा अष्ट्रेलियामा पीआर पाउनेको सङ्ख्या झन्डै पाँच गुणाले बढेको छ।
पछिल्लो वर्ष सबैभन्दा बढी रिजनल एरियामा गएर ४ हजार ३८० जना नेपालीले पीआर पाएका छन् भने ५ हजार आसपासले व्यावसायिक लगानी र इन्नोभेसन अन्तर्गत भिसा पाएका छन्। त्यस्तै, रोजगारदाता स्पोन्सरबाट ७६१ जना, सीपयुक्त आत्मनिर्भर क्याटेगोरीमा २ हजार ७६३ जना, स्टेट र टेरिटोरी नोमिनेसनबाट ३ हजार ३६७, ग्लोबल ट्यालेन्ट अन्तर्गत २६ जना, सहकर्मी मार्फत ६७५ जना र विविधमा ६९ जना नेपालीले उक्त वर्ष पीआर पाएका छन्।
५५।४ प्रतिशत पुरुष पीआर पाउँदा ४४।६ प्रतिशत नेपाली महिलाले पीआर पाएका छन्। पीआर पाउने विदेशीमध्ये नेपाली २ प्रतिशत रहेका छन् भने कुल अष्ट्रेलियाको जनसङ्ख्यामा पीआर पाउने नेपालीको हिस्सा ०।६ प्रतिशत रहेको छ।
नेपाल शैक्षिक परामर्श व्यवसायी संघ ९इक्यान०का पूर्व अध्यक्ष प्रकाश पाण्डेका अनुसार पीआर पाउनेमध्ये सबैभन्दा बढी स्वास्थ्य क्षेत्रका रहेका छन्। त्यसमध्ये पनि नर्सले सबैभन्दा बढी, त्यसपछि डाक्टर, फार्मा लगायत रहेका छन्। त्यसपछि अकाउन्ट पढेका, कुकरी पढेका विशेषगरी सेफ र कुक, बेकर, पेस्ट्रीकुक लगायत आइटी तथा इन्जिनियर पढेका दक्ष विद्यार्थीले पनि पीआर पाइरहेका छन्।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd