logo

२०८३ आश्विन ५ सोमबार

logo
  • २०८३ आश्विन ५ सोमबार
  • कुलमान हटाउने सरकारको निर्णय प्रति कांग्रेस महामन्त्री थापाको असन्तुष्टि

    1.2KShares
    कुलमान हटाउने सरकारको निर्णय प्रति कांग्रेस महामन्त्री थापाको असन्तुष्टि

                काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय प्रति असन्तुष्टि जनाएका छन्।

    थापाले कुलमान घिसिङलाई पदबाट हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको टिप्पणी गरेका छन् ।
    सोमबारको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएपछि सरकार सञ्चालन गर्न सहयोग गर्ने संयन्त्रका सदस्य समेत रहेका थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    उनले आम नागरिकमा बढ्दो असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको समेत बताउदै यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?  भन्ने प्रश्न गरेका छन।
    साथै उनले यस्तो नगरौँ है भन्दा सरकार र नेताहरुले  सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? भन्दै आक्रोश व्यक्त गरेकाछन।



    फास्ट न्युज    
  • २०८१ चैत्र ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट