logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • नारायणप्रसाद पोखरेल स्मृति समाजद्वारा एकल महिलाहरुलाई  ज्याकेट वितरण

    1KShares
    नारायणप्रसाद पोखरेल स्मृति समाजद्वारा एकल महिलाहरुलाई  ज्याकेट वितरण

            खोटाङ ।  नारायण प्रसाद पोखरेल स्मृति समाजले ७० बर्ष भन्दा माथिका एकल महिलाहरुलाई न्यानो ज्याकेट वितरण गरेको छ।
    स्मृति समाजले खोटाङ जिल्लाको बिजय खर्कमा एक ओैपचारिक कार्यक्रम आयोजना गरि स्वर्गीय पोखरेलको ८४ ओै जन्मजयन्ति मनाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १५ का ५० जना बृद्व एकल महिलाहरुलाई ज्याकेट बितरण गरेका हुन।

    कार्यक्रमका प्रमुख अतिथि पुर्व वन तथा भू-संरक्षण राज्यमन्त्री शिवकुमार बस्नेतले स्मृति समाजले अत्यन्त उदाहरणीय काम गरेको भन्दै नारायण प्रसाद पोखरेल समाजको राजनितीक चेत भएको अविभावक रहेको बताउनु भयो। पंचायतमा तीन तीन पटक प्रधानपञ्च हुनुभएको पोखरेललाई पछिल्लो समय गिरिजाप्रशाद कोइराले नेपाली कांग्रेसमा आवद्द गराउनुभएको स्मरण गर्दै उहाँ  स्पष्टवादी र परोपकारीका साथै जनताका पृय रहेको बताउनु भयो।

    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिविस सभापति एवं नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले स्व. पोखरेल विजयखर्कवासीको मात्र नभएर सिंगो समाजको प्रेरणाको स्रोत रहेको बताउनु भयो। उहाले भन्नू भयो “आजका राजनीतिक कर्मीहरुमा समाजको भन्दा आफू र आफ्नो परिवारको चिन्ता बढी हुने गर्दछ। तर हामीले नारायण पोखरेलको जीवनकाल र उहाको समाज सेवाको तत्कालीन कर्मबाट प्रेरणा लिनुपर्छ।”
    कार्यक्रममा वडा नं १५ का वडा अध्यक्ष राम कटुवाल, नेकपा एमालेका जिल्ला सदस्य प्रेम खनाल, स्मृति समाजका अध्यक्ष देवराज पोखरेल, संरक्षक युवराज पोखरेल लगायतले मन्तव्य राख्नुभएको थियो। प्रत्येक बर्ष बुवाको जन्म जयन्ती यस्तै परोपकारी कार्य गरि मनाइने स्व. पोखरेलका साहिला छोरा धर्मराज पोखरेलले बताउनु भयो।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट