logo

२०८३ भाद्र ३० मंगलवार

logo
  • २०८३ भाद्र ३० मंगलवार
  • महिला फुटबल टिमका प्रशिक्षक तामाङले किन दिए राजीनामा ?

    1.1KShares
    महिला फुटबल टिमका प्रशिक्षक तामाङले किन दिए राजीनामा ?

    काठमाडाैं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हारेपछि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। बुधबार फाइनल खेलको नतिजा बंगलादेशको पोल्टामा पुगेपछि प्रशिक्षक तामाङले राजीनामा घोषणा गरेका छन्।

    उनले अब राष्ट्रिय टोलीसँग काम नगर्ने र क्लब फुटबलमा नै जाने जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको फाइनलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि उचालेको हो।

    छैटौँपटक फाइनल पुगेको नेपाल फेरि पनि उपविजेतामा सीमित बनेको हो।अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८० माघ १० मा तामाङलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसअघि उनले थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब सम्हालेका थिए।

    तामाङले साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा पनि नेपाली टोली सम्हालेका थिए। उक्त प्रतियोगितामा पनि नेपाल फाइनलमै पराजित भएको थियो। जोर्डनले नेपाली टोलीमाथि विजय प्राप्त गरेको थियो।

    साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालको यो छैटौँ हार हो भने समग्र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सन् २०१० यता नेपाली राष्ट्रिय महिला टोलीको १२ औँ हार हो।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट