logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘जाब्बो एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ ?’

    886Shares
    प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘जाब्बो एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ ?’

    काठमाडौं ।
    आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालन गर्न अक्षम रहेकाले कुर्सीमा नैतिक रुपमा बस्न नमिल्ने टिप्पणी गरेका छन् । प्रधाानमन्त्री ओलीको कार्यक्षमतामाथि गम्भिर प्रश्न उठाउदै उनले मुलुक र जनताको हित चाहने हो भने कुर्सीमा टाँसिरहन आवश्यक नभएको जनाएका छन् ।

    सरकारी उधोग सञ्चालन गर्न नसकेर सरकारले निजिकरण गर्ने निर्णयमा पुगेपछि आजपा अध्यक्ष साहले त्यसको विरोध गरेका छन् । सरकारको सो निर्णयको आलोचना गर्दै उनले सरकारी उधोग बिचौलिया व्यापारीसंग साठगाठ गरेर बेच्न लागेको गम्भिर आरोप लगाएका छन् ।

    ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारी उद्योगहरूलाई चलाउनुको सट्टा बिचौलिया ब्यापारीहरूसंग बेचने खेलमा लागेका छन् । अर्थात सरकारी उद्योगहरू निजीकरण हुदैछ । जाब्बो एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ ? भन्ने गम्भीर प्रश्न खड़ा भएकोछ’ आजपा अध्यक्ष साहले भनेका छन्, ‘एउटा सामान्य व्यक्तिले गर्न सक्ने काम पनि दुई तिहाईको सरकारले गर्न नसक्ने भए पछि प्रधानमन्त्रीलाई कुर्सीमा बस्न मिल्छ कि मिल्दैन ? सबैले बिचार गर्न जरूरी छ ।’

    सरकारी उधोग चलाउँन नसकेपछि दुई तिहाई बहुमतको ओली नेतृत्वको सरकार असक्षम भएको बताउदै उनले तत्काल प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने सुझाव दिएका छन् । वर्तमान सरकारले उधोगधन्दाहरु बेचेर सिध्याउने, संस्थाहरु डुबाउने र प्राकृतिक श्रोतसाधनको दोहन गरेको आरोप समेत साहले लगाएका छन् ।

    वर्तमान सरकारले जनताले बुझाएको कर समेत दुरुपयोग गरिरहेकाले कर बहिष्कार गर्नुपर्ने आह्वान गर्दै उनले भनेका छन्, ‘आफुले कुनै आय आर्जन गर्न नसक्ने, आफनो जिम्माको सम्पूर्ण उद्योगधन्दाहरू बेचेर सिध्याउने, संस्थानहरू डुबाउने र प्राकृतिक साधन श्रोतहरूको दोहन गर्ने सरकारलाई जनताले किन बोकने ? ओली सरकारले जनताद्वारा बुझाईएको कर समेत दुरुपयोग गरिरहकोले तपाई हामी कर बहिष्कारको अभियानमा अगाड़ी बढ़न जरुरी छ ।’

    विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने ओली नेतृत्वको सरकारको कडा रुपमा विरोध गर्दै विपक्षीलाई झुठा मुद्धा लगाएर तर्साउने खेल भईरहेको उनले जनाएका छन् । अहिले पनि सरकार प्रतिपक्षमा रहेका पार्टीहरुलाई फुटाउन अध्यादेश ल्याउने खेलखेलिरहेको उनले आरोप लगाएका छन् ।

    विपक्षीहरुलाई तर्साउन झुठा मुद्दा लगाउने, आफु समर्थित पार्टीको अपराधीलाई बचाउने, विपक्षमा रहेका पालिकाहरुमा सरुवा आतंक मच्चाउने, सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको बताउदै साहले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गर्ने गरेको सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गरिरहेकाले सचेत हुन आह्वान गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट