रौतहट । मधेस प्रदेश सरकार मातहत रहेको रौतहटको ‘औरैया–बंकुल–सोनरनिया–सितलपुर–हिमालीबास सड़क’ मौलापुर नगरपालिकाले सडक स्तरोउन्नती गरिरहेको छ ।
मधेस प्रदेश सरकारले सो सडक मर्मत गरेर स्तरोउन्नती गर्न चासो नदिएपछि सर्वसधारण यात्रुलाई आवातजावतमा कठिनाई भोग्दै आएका छन् । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई स्थानीयले सडक मर्मतका लागि गुनासो गरेपछि उनले सो सडक मर्मत गरेर स्तरोउन्नती गर्न लागेकी छन् ।
मधेस प्रदेश सरकार मातहत रहेको सो सडक ममर्त गर्नका लागि पटक पटक आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि मौलापुर नगरपालिकाले रोलर, ग्रेडर, पानीट्यांकी प्रयोग गरेर ममर्त गर्न थालेकोमा स्थानीय खुशी भएका छन् । दिपावली, छठ पर्व नजिक्दै गईरहेको बेला सो पर्व आउनुभन्दा अघि गाउँघर सफा गर्ने, सडक सरसफाई, ममर्त एवं सिंगारिने काम मधेसमा हुने गरेको छ ।
‘औरैया–बंकुल–सोनरनिया–सितलपुर–हिमालीबास सड़क’ विग्रदै गईरहेकाले र ठाउँठाउँमा भत्केकाले निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको थियो । सर्वसधारण यात्रुका साथै स्थानीयले समेत यसबारेमा गुनासो गर्दै आएका थिए ।
सर्वसधारण यात्रुका साथै स्थानीयले गरेको गुनासो सम्बोधन भएकोमा मौलापुर नगरपालिकाका मेयर साहलाई उनीहरुले धन्यवाद दिए छन् । जनताको दैनिक दुःखदर्दलाई आत्मबोध गर्दै बाध्य भएर मौलापुर नगरपालिकाले सडक मर्मत गर्न थालेपछि स्थानीयका साथै सर्वसधारणलाई आवतजावतमा सहज हुने देखिन्छ ।
मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्र यादवको आफ्नै निर्वाचन क्षेत्रमा सो सडकको अवस्था यस्तो दुरदशापूर्ण रहनु र यति दिन बितिसक्दा समेत केही वास्ता नगरिएकोमा स्थानीय आक्रोशित बनेका छन् । चाडपर्वको समयमा आवतजावत गर्न निकै कठिनाइ भएकाले सो सडक मर्मतका लागि पहल गरिदिन सर्वसधारणले आग्रह गर्दै आएका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया