logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • रविलाई पक्राउ गर्ने हल्लापछि रवि पत्नी निकितासँगै कार्यालयमा भेला हुँदै नेताहरु, कार्यकर्तालाई पार्टी कार्यालयमा जम्मा हुन आब्हान

    943Shares
    रविलाई पक्राउ गर्ने हल्लापछि रवि पत्नी निकितासँगै कार्यालयमा भेला हुँदै नेताहरु, कार्यकर्तालाई पार्टी कार्यालयमा जम्मा हुन आब्हान

    काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी गर्ने चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको हेडक्वार्टरमा सरगर्मी बढेको छ । रास्वपाका नेता कार्यकर्ताहरु कार्यालयमा भेला हुन थालेका छन् ।
    जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरुको छ । पक्राउ पूर्जी जारी भएमा कसरी सामना गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए । काठमाडौंदेखि पोखरासम्म नै प्रदर्शन गर्ने तयारी गरिएको छ ।

     

    रास्वपाको कार्यलयमा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसहित प्रमुख नेताहरु उपस्थित छन् । लामिछानेकी पत्नी निकिता पौडेल पनि केहीबेरअघि पार्टी कार्यालय प्रवेश गरेकी थिइन् । नेताहरु आउने क्रम जारी छ ।

    रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अन्त्य जरुरी सूचना भन्दै फेसबुकमा पोस्ट गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘काठमाडौंमा हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा रहनुहोला ।’

    ती नेताका अनुसार रविलाई पक्राउ पूर्जी लिएर प्रहरी आए भने उनी जान तयार हुनेछन् । उनलाई नेता र कार्यकर्ताहरुको समूहले पछ्याएर पोखरासम्म ल्याउने तयारी छ । यद्यपि, आजै रविविरुद्ध पक्राउ पूर्जी जारी हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट