logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • पत्रकार शिव भट्टराईको अपराधजन्य अनुसन्धानमा उच्च योगदान, प्रहरी दिवसका अवसरमा सम्मानित

    958Shares
    पत्रकार शिव भट्टराईको अपराधजन्य अनुसन्धानमा उच्च योगदान, प्रहरी दिवसका अवसरमा सम्मानित

    गोठगाउँ (मोरङ)। ६९ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीलाई अपराध अनुशन्धानमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै सुन्दरहरैंचा अपडेटका प्रवन्ध निर्देशक शिव भट्टराई भोजपुरे सम्मानित हुनु भएको छ । विराटनगरमा आयोेजित एक कार्यक्रममामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मी भट्टराईलाइ कदरपत्रसहित सम्मान गर्नु भएको हो । आफूलाई सम्मान गरेकोमा कोशी प्रदेश प्रहरी कार्यालयलाई सञ्चारकर्मी भट्टराईले धन्यवाद दिनु भएको छ । यस सम्मानले आगामी दिनमा पनि समाजको लागि उर्जाशील भएर काम गर्ने हौसला मिलेको भट्टराईले जनाउनु भएको छ । भट्टराई भन्नुहुन्छ, “प्रहरी कार्यालयले सुरक्षासम्बन्धी क्षेत्रमा गरेको योगदानको कदर गर्दै आफूलाई गरेको सम्मानले अझ समाजमा सत्यको प्रचार र अनुसन्धानात्मक पत्रकारितालाई प्रोत्साहन दिएको छ।”

    कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३० गते विविध कार्यक्रमहरुको आयोजना गरी “६९ औ प्रहरी दिवस २०८१” भव्यताका साथ मनाइएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा आयोजित विशेष कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्य एवं आन्तरिक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीको बिशेष आतिथ्यमा संचालन भएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले वाचन गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथिलगायत सम्पूर्णमा स्वागत गर्नु भएको थियो ।

    कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, प्रहरी कार्यमा सहयोग पुर्याउनेहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, बिधागत पुरस्कारका संस्थापकहरुलाई सम्मान गर्नु भएको थियो । साथै उहाँले विभिन्न विधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले अमर प्रहरीहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै दिवंगत परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नु भयो । उहाँले साधन स्रोत तथा भौतिक संरचनाको अभावमा समेत जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीले विशिष्ट भूमिका निर्वाह गर्दै आएकोमा सम्पूर्ण प्रहरीहरुलाई सम्मान तथा आदरभाव प्रकट गर्नुका साथै आगामी दिनमा प्रहरीलाई श्रोत साधन सम्पन्न बनाउने प्रतिवद्धता जनाउनु भयो ।

    उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री मान लिलावल्लभ अधिकारीले परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई नगद तथा सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले कृतज्ञताको चिन्हो (अफ ग्राटिच्युट) प्रदान गर्नु भएको थियो । यस्तै उहाँले प्रमुख अतिथि लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारी, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र कोशी प्रदेश सरकारका प्रमुखसचिव केदारनाथ शर्माले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जन प्रतिनिधिहरु, समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, सञ्चारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट