logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • जनसरोकारका विषयमा विपक्षी दलले सरकारको ध्यानाकर्षण गराउने

    910Shares
    जनसरोकारका विषयमा विपक्षी दलले सरकारको ध्यानाकर्षण गराउने

    काठमाडौं । विपक्षी दलले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको थियो ।

     

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने समझदारी भएको माओवादी नेता शक्ति बस्नेतले बताए ।

     

    बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनस्स्थापनाबारे सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको उनले बताए । ‘जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन । प्रतिपक्षी पार्टीको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ,’ बैठकपछि उनले भने ।

     

    विपक्षी दलको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आम आदमी पार्टीको सहभागिता रहेको थियो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट