logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

    880Shares
    प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।

    बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत सहभागी छन् । यता रास्वपाबाट भने सभापति रवि लामिछानेसहित आधा दर्जन सांसद बैठकमा पुगेका छन् । रविसहित सांसदहरु डीपी अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार र स्वर्णिम वाग्ले बैठकमा उपस्थित भएका छन् ।

    आजको बैठकले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु मिलेर संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह गरिने बताइएको छ ।

    पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट