logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिए

    868Shares
    इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिए

     जेरुसेलम । इजरायलले गाजा अभियानमा हमास प्रमुख याह्या सिनवार मारिएका हुन् वा होइनन् भन्नेबारे जाँच गरिरहेको बताएको छ । सन् २०२३ अक्टोबर ७ देखि हमास समूहसँग इजरायली सेना लडिरहेको छ । यदि सिनवार मारिएको भए हमास समूहलाई यो ठूलो झट्का हुनेछ ।इजरायली इतिहासमा सबैभन्दा घातक आक्रमणको मुख्य योजनाकार सिनवार भएको इजरायलले आरोप लगाएको छ । इजरायलले गाजा युद्धको सुरुआतदेखि नै सिनवारलाई खोजिरहेको छ ।

    बीबीसीका अनुसार इजरायलको आक्रमणमा मारिएका व्यक्तिहरू मध्ये एक याह्या सिनवार रहेको पुष्टि गर्न इजरायलले शवको डिएनए परीक्षण गरिरहेको छ ।इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रा शत्रुहरू कतै लुक्न सक्दैनन्। हामी तिनीहरूलाई फेला पार्नेछौँ र मार्नेछौँ।’इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले सिनवार ‘सम्भवतः मरेको’ बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।इजरायलसँग सिनवार जेलमा रहँदाको विवरण अनुसार डिएनए र अन्य बायोमेट्रिक डाटा तुलना गरेर परीक्षण गर्नेछ ।इरान समर्थित प्यालेस्टिनी लडाकू समूह हमासका पूर्व राजनीतिक प्रमुख इस्माइल हानियाको हत्यापछि सिनवार समूहको नयाँ नेता बनेका छन् ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट