काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाका प्रवक्ता मनिष झाले राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याहरूबारे तत्काल छलफल गर्न आवश्यक देखिएकोले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि माग गरेका हुन्।
विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ,विज्ञप्तिमा भनिएको छ,’मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको छ।”
दुई तिहाइको भनिएको सरकार काम गर्न नसक्दा कामचलाउ देखिएको आरोप पनि रास्वपाको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया