काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।
पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँले बढाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया