logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडी चल्ने

    862Shares
    बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडी चल्ने

    काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा आज साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ । नयाँ ट्र्याक खुलाएर आज साँझदेखि साना गाडी चलाउन लागिएको सडक डिभिजन भक्तपुरले जनाएको छ।

     

    चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ ।

     

    सडक खुला भए पनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको भन्दै डिभिजनले रातिको समयमा भने यो क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ ।

     

    असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो । राजमार्गअन्तर्गत काभ्रेको भकुण्डेबेसीदेखि वर्षेखोला खण्डको ८ किलोमिटर पूर्ण रूपमा बगाएको कार्यालयले जनाएको छ ।​



    फास्ट न्युज    
  • २०८१ आश्विन २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट