logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान

    970Shares
    विजयादशमीमा पनि रोकिएन बागमती सफाइ महाअभियान

    काठमाडौँ । बडादसैँको दशमीका दिनमा पनि बागमती सफाइ महाअभियानले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार स्वयंसेवी रुपमा बागमती सफाइ हुँदै आएको छ ।

    बागमती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगङ्गास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिनुभयो । बिहान ७ देखि ९ बजेसम्म १० जना सफाइ अभियानकर्मीले १० बोरा फोहर व्यवस्थापन गरेको जानकारी उहाँले दिनुभयो । अभियानकर्मीले उठाएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ ।

    विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रुपमा हुँदै आएको छ । बागमती सफाइ महाअभियानले नागरिकमा सफाइ जागरण फैलाउन सहयोग गरेको छ । स्थानीय सरकारको असहयोगले सफाइमा आशातीत सफलता भने हासिल हुन नसकेको अभियानकर्मीको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट