logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • अपडेटः बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २२८

    928Shares
    अपडेटः बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २२८

    काठमाडौं । बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २२८ पुगेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै भएको बाडीपहिरोमा जनधनको क्षति भएको हो ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म २५ जना बेपत्ता छन् भने १५८ जना घाइते छन् । यस्तै, बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

    सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार