logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • विश्वकप लिग-२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

    979Shares
    विश्वकप लिग-२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा सुरु हुनेछ । नेपालले यसअघि लगातार सिरिजका तीन खेलमा हार बेहोरेको छ ।

    यसअघि  सिरिजका तीन खेलमा लगातार हार बेहोरेको नेपाल आजको खेल जित्ने योजनाका साथ मैदामा उत्रँदैछ । नेपालले क्यानडासँगका दुवै र ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई हारको श्रृंखला तोड्न ओमानलाई हराउनैपर्ने दबाब छ ।

    क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो। घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ।

    नेपालले लिग–२ मा अहिलेसम्म ७ खेल खेलेको छ । जसमध्ये एकमा जित र ६ खेलमा हार बेहोरेको छ ।

    नेपाललाई लिग–२ को शीर्ष ४ मा अटाउन यसै खेल मार्फत पुनरागमन गर्नु पर्ने आवश्यकता छ। किङ सिटीको पिच फास्ट बलरका लागि अनुकूल छ। तर नेपालको फास्ट बलिङ र ब्याटिङ चल्न सकेको छैन।



    फास्ट न्युज    
  • २०८१ आश्विन ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट