logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

    1KShares
    छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

    पोखरा | सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संग्लन भएपछि पक्राउ परेका पूर्व डिजाइजी छवीलाल जोशीलाई पाँच दिनको म्याद थप भएको छ।
    जिल्ला अदालत कास्कीले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

    आइतबार काठमाडौँमा पक्राउ परेका जोशीलाई राति त्रिभुवन विमानस्थल हुँदै जहाजबाट पोखरा ल्याइएको थियो।

    प्रहरीले उनलाई काठमाडौंमा पक्राउ गरी पोखरा पुर्‍याएको छ । सहकारी छानबिन विशेष संसदीय समितिले जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । जोशी रास्वपा सभापति रवि लामिछानेका पूर्वव्यावसायिक साझेदार हुन् । समितिले लामिछानेमाथि पनि कारबाही गर्न सिफारिस गरेको छ । तर, उनी पक्राउ भने परिसकेका छैनन् । यही प्रकरणमा रहेका जीबी राई भने फरार छन् ।

    प्रहरीले लामिछानेलाई आइतबार पक्राउ गर्ने तयारी गरेको भन्दै रास्वपा कार्यकर्ताहरू पार्टी कार्यालयमा जम्मा भई भिडभाड गरेका थिए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट