logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो : रवि लामिछाने

    898Shares
    सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको कुरा स्पष्ट भएको बताएका छन् ।आज प्रतिनिधिसभामा छानबिन समितिले प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

    उनले भने, ‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौं । व्यक्ति केन्द्रीत गरेर राजनीतिक खेल खेल्ने काम नगरौं भनेर भनेको थिएँ । मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । हामीले गैरकानूनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौ ।’

    उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफु प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताएका हुन् ।

    उनले भने, ‘कम्पनीमा आएको पैसा सबैलाई तलब दिने कुरा हो । मेरो भूमिका कतै पनि छैन् भन्ने कुरा स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अधिकार मलाइ हुदैँन् । त्यसकारण आएका कुरालाई एम्डीका रुपमा आन्तरिक व्यवस्थापनको काम गर्नुपर्छ । तर मूल मुद्दा के थियो भने सहकारी ठगीमा मेरो संलग्नता, मलाई ठग भनेर प्रमाण गरियो । रवि लामिछानेसँग जोडेर लाखौं सहकारी पीडितमाथि पाप भएको छ । पापको भारी कसले बोक्नुपर्ने हो थाहा छैन् । तर आज विषय म हुनुपर्ने थिएन् ।’



    फास्ट न्युज    
  • २०८१ भाद्र ३१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट