logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित

    925Shares
    पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित

    काठमाडौँ। पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको छ ।

    पारा ओलम्पिकमा सहभागिता जनाएर बुधबार बिहान नेपाल फर्कनु भएकी पलेशालाई महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो । महानगरले पलेशाको प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपियाँबाट सम्मान गरेको छ ।

    पलेशा र प्रशिक्षकलाई महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख  सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसीलगायतले सम्मान गर्नुभयो । पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्नुहुँदै कांस्य पदक जित्नुभएको थियो ।

    यसअघि बुधबार बिहान पलेशालाई त्रिभुवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुदप्रेमीलगायतले भव्य स्वागत गर्नुभएको हो । पलेशालाई विमानस्थलबाट नगरपरिक्रमा गराई राष्ट्रिय खेलकुद परिषद् परिसरमा सम्मान गरिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट